Techie IT
२०८२ कार्तिक ३०, आइतबार

यी १६ नेताले छाडे नेकपा बहुमत (नामसहित)


धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका १६ नेता पार्टी छाडेको घोषणा गरेका छन्। आइतबार उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी छोड्ने निर्णय सार्वजनिक गरेका हुन्।

पोलिटब्युरो सदस्य पल बहादुर रावत, पूर्ण रसाइली, हरिस दयाल, किरण जोशी, सुरेन्द्र कार्कीसहित केन्द्रीय सदस्य माधव घिमिरे, दर्शन नेपाली, हरि श्रेष्ठ, शरद रसाइली, बद्री अधिकारी, आशिष चौधरी, रेखा चौहान, अर्जुन मण्डल, राजीव तामाङ, पार्वती सिंह र नेत्र रानाभाटले पार्टी छोडेको जानकारी दिएका छन्।

उनले सबै कम्युनिस्ट पार्टीहरूभित्र रूपान्तरण र पुनर्गठनको बहस पेचिलो हुँदै गएको उल्लेख गर्दै ढिलो नगरीकन वास्तविक र व्यापक रूपान्तरण र पुनर्गठनको आवश्यकता रहेको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, “यही गम्भीरता र जिम्मेवारीवोधलाई मध्यनजर गर्दै विगतदेखि क्रियाशील रहँदै आएको पार्टी नेकपा (बहुमत) बाट आजकै मितिदेखि स्वतन्त्र भई अर्को अभियानको प्रारम्भ गर्ने घोषणा गर्दछौँ।”

साथै, उनीहरूले पद, प्रतिष्ठा, गुटगत र आर्थिक स्वार्थबाट मुक्त उच्च नैतिक मान्यतासहितको श्रमजीवी जनताको भरोसा योग्य कम्युनिस्ट आन्दोलनमा सामेल हुन सबैलाई आह्वान गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट