Techie IT
२०८२ असोज २७, सोमबार

अध्यक्ष ओलीले तत्कालै राजीनामा दिनुपर्ने माग राख्ने यी पाँच पदाधिकारी


नेकपा (एमाले) को १८ सदस्यीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तत्कालै राजीनामा दिनुपर्ने माग जम्मा पाँच पदाधिकारीले मात्र गरेका छन्। बाँकी १३ सदस्यले भने नेतृत्वसहितका विषयहरू आगामी महाधिवेशनमै उठाउनुपर्ने धारणा राखेका छन्।

भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको अस्थायी निवासमा शुक्रबार र आइतबार दुई दिन बैठक बसेको थियो। बैठकले मंसिर अन्तिम साता ११औं महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशनको मिति भने केन्द्रीय कमिटी बैठकले तोक्ने बताइएको छ।

पार्टीको १०औं केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्म ललितपुरको जावलाखेलस्थित रामबाग महल पार्टी प्यालेसमा बस्नेछ। सो बैठकले संसद् विघटनविरुद्धका संघर्ष कार्यक्रम पनि तय गर्ने तयारी गरेको पार्टी स्रोतले जनाएको छ।

सचिवालय बैठकमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र सचिवहरू योगेश भट्टराई तथा गोकर्ण विष्टले ओलीले तत्कालै राजीनामा दिएर अर्को पुस्ताबाट महाधिवेशन आयोजक कमिटीको संयोजक तोक्नुपर्ने माग गरेका थिए।

अन्य सदस्यहरूले भने नेतृत्व परिवर्तन वा अनुमोदनजस्ता निर्णयहरू महाधिवेशनमार्फतै गर्नुपर्ने धारणा राखेका छन्। एक पदाधिकारीका अनुसार, “केही न केही परिवर्तन गर्नुपर्ने भावना सबैमा थियो, तर कहिले र कसरी भन्ने विषयमा मतभेद देखियो।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट