Techie IT
२०८३ जेष्ठ ६, बुधबार

संसद् विघटनविरुद्ध सर्वोच्च नजाने मनस्थितिमा एमाले


नेकपा (एमाले) ले संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट नलैजाने निर्णय गरेको छ।

यसअघि गुण्डुमा बसेको सचिवालय बैठकले संसद् विघटनको विरोध गर्दै अदालत जाने तयारी गरेको थियो। तर मंगलबार एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले संस्थागत रूपमा रिट नलैजाने स्पष्ट पारेका छन्।

‘आजै पाँचवटा भन्दा धेरै रिट दर्ता भइसकेका छन्, रिट दर्ता हुने क्रम अझै बढ्नेछ,’ गौतमले भने, ‘हामीले संसद् विघटनको विरोध गर्दै राजनीतिक निर्णय गरेका छौं, तर निवेदन लिएर अदालत जाँदैनौं।’

एमालेले संसद् विघटन र अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति संवैधानिक प्रावधानअनुसार नभएको दाबी गर्दै आएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट