Techie IT
२०८३ असार २९, सोमबार

जेनजी आन्दोलनपछि देउवा पहिलोपटक सार्वजनिक


गत भदौ २४ मा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार पहिलोपटक सार्वजनिक भएका छन्।

आज देउवा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा उपस्थित हुन जाँदै गर्दा देखिएका हुन्।

बुढानीलकण्ठस्थित आन्दोलनकारीको आक्रमणमा परेका देउवा यसअघि सार्वजनिक रुपमा देखिएका थिएनन्। नेपाली सेनाले उनलाई र पत्नी आरजु राणा देउवालाई उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो। सुरक्षा कारण देखाउँदै उनीहरूको उपचार स्थल खुलाइएको थिएन।

घटनामा टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको थियो। यसबारे जानकारी पत्रकार सम्मेलनमार्फत कांग्रेस नेता मीन विश्वकर्माले दिएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट