Techie IT
२०८३ जेष्ठ ६, बुधबार

नेपो बेबी अभियानले बालबालिकामाथि मेन्टल टर्चर भएको छ - पूर्वप्रधानमन्त्री ओली


पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जीहरूले सामाजिक सञ्जालमा चलाएको नेपो बेबी अभियानप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त अभियानले बालबालिका र युवाहरूमा मेन्टल टर्चर पुर्‍याएको दाबी गरेका छन्।

आज आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले नेपो बेबी अभियानलाई औचित्यहीन र निरर्थक करार गरेका छन् । उनले यस अभियानमा सबैभन्दा बढी आलोचना खेप्नुपरेकी पूर्वमिस नेपाल श्रृंखला खतिवडाको उदाहरण समेत दिएका थिए।

ओलीको भने “हुर्किँदै गरेका बालबालिका र भर्खरका युवाहरूलाई मेन्टल टर्चर दिइएको छ। के बेबी अरे... नेपो बेबी! तपाईंहरूका छोराछोरी त्रसित छन्। तपाईंहरूले तिनलाई माया गर्नुभयो, पढाउनुभयो, कपडा–जुत्ता लगाइदिनुभयो, उपचार गराउनुभयो। आमा–बुवाले छोराछोरीलाई माया गर्नु गलत हो र? श्रृंखला खतिवडालाई त्योभन्दा बढी के गरिएको थियो? के उनी अरबपतिकी छोरी हुन्? हेलिकोप्टरबाट स्कुल पुर्‍याइन्थ्यो?”

पत्रकारहरूलाई सम्बोधन गर्दै ओलीले थपे, “तपाईंहरूलाई बोल्न गाह्रो हुन्छ, सेल्फ–सेन्सरशिप छ। त्यसो नगर्नुस्, पत्रकार हिम्मतिलाे जात हो। तर मसित मात्र हिम्मतिलो भएर हुँदैन। म यो नेपो बेबी जस्तो अभियानलाई समर्थन गर्दिन। यो अहंकार होइन, सत्य हो — आफ्नो छोराछोरीलाई माया गरिन्छ, केको नेपो बेबी?”



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट