Techie IT
२०८२ फागुन १०, आइतबार

प्रधानमन्त्री कार्की दलका नेतासँग निर्वाचन तयारीबारे आज छलफल गर्दै


प्रधानमन्त्री सुशीला कार्कीले आगामी आम निर्वाचन तयारीका विषयमा आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछिन्।

छलफल आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उक्त बैठकमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका शीर्ष नेताहरूलाई आमन्त्रित गरिएको बताइएको छ।

गत भदौ २३ र २४ मा भएको जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो। उक्त सरकारले फागुन २१ गते आम निर्वाचन गर्ने घोषणा गरिसकेको छ।

पुराना दलहरूप्रति कडा रबैया अपनाएको र चुनावको वातावरण बिगार्न खोजेको आरोप लागिरहेका बेला प्रधानमन्त्री कार्कीले आजको छलफल बोलाएकी हुन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले समेत प्रधानमन्त्री कार्कीको उपस्थितिमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट