Techie IT
२०८२ फागुन १०, आइतबार

ओली, लेखक, बालेन र सुदन गुरुङविरुद्धका जाहेरी तामेलीमा राखिने


काठमाडौं — निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’का संयोजक सुदन गुरुङविरुद्ध परेका जाहेरी तामेलीमा परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंमा गत असोज २३ र २४ गते ‘जेन–जी आन्दोलन’का क्रममा भएका घटनालाई लिएर परेका जाहेरीहरू प्रहरीको निर्णय अनुसार तामेलीमा राखिएका हुन्।

प्रहरी उच्च स्रोतका अनुसार, प्रारम्भिक प्रमाण र अनुसन्धानका आधारमा तत्काल ती जाहेरीहरू अघि बढाउनुपर्ने अवस्था नदेखिएको कारण तामेलीमा राख्ने निर्णय गरिएको हो।

“तत्काल प्राप्त प्रमाणका आधारमा अनुसन्धान गर्दा तत्काल कारबाही अघि बढाउनुपर्ने देखिएन, त्यसैले सबै जाहेरी तामेलीमा राखिएका छन्,” प्रहरी स्रोतले भन्यो।

ओली र लेखकविरुद्धको जाहेरी ‘हामी नेपाल’का संयोजक सुदन गुरुङसहितको उपस्थितिमा दर्ता गरिएको थियो। सुरुमा उक्त जाहेरी प्रहरीद्वारा जाँचबुझ आयोगमा पठाइएको थियो, तर पछि पुनः जिल्ला प्रहरी कार्यालयमै फिर्ता आएको थियो।

स्रोतका अनुसार, सरकारी वकिल कार्यालयको सल्लाहमा ती जाहेरीहरूलाई तामेलीमा राख्ने निर्णय गरिएको हो।

त्यस्तै, मेयर बालेन्द्र शाह (बालेन) र सुदन गुरुङविरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जाहेरी दिएको थियो। ती जाहेरीहरू प्रहरीलाई बुझाइए पनि औपचारिक रूपमा दर्ता भने भएका थिएनन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट