Techie IT
२०८२ कार्तिक ८, शनिबार

नेपालको भू–राजनीति नबुझी प्रत्यक्ष कार्यकारीको बहस राष्ट्र हितमा हुँदैन — लेखक भण्डारी


काठमाडौँ — लेखक रतन भण्डारीले नेपालजस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशमा प्रत्यक्ष कार्यकारी प्रणालीको बहस सतही रूपमा गर्न नहुने बताएका छन्। उनले नेपालको भू–राजनीतिक सन्तुलन, सामाजिक संरचना र संस्थागत कमजोरी नबुझी गरिएको यस्तो बहसले देशको हित नहुने दाबी गरेका हुन्।

भण्डारीका अनुसार, अमेरिका र फ्रान्सजस्ता देशहरूमा लागू भएको प्रत्यक्ष कार्यकारी प्रणालीको तुलना नेपालसँग गर्न अनुचित हुन्छ।
उनले भने, “सतही टिप्पणीसहित अमेरिका र फ्रान्सको उदाहरण दिनु गलत हो। ती राष्ट्रहरू आफ्नो राजनीतिक इतिहास, संस्थागत परिपक्वता र शक्तिको सन्तुलनका कारण सिस्टममा बाँधिएका छन्, तर नेपाल त्यस्तो अवस्थामा छैन।”

भण्डारीले नेपालका राजनीतिक दलहरू भ्रष्टाचार र बेथितिमा फसिसकेका र मुलुक विदेशी शक्तिहरूको प्रभावमा चल्ने अवस्था रहेको भन्दै प्रत्यक्ष कार्यकारीको अवधारणा नेपालमा घातक हुनसक्ने चेतावनी पनि दिएका छन्।

उनले थपे, “नेपालजस्तो खुला सीमा, संवेदनशील भूराजनीतिक अवस्थिति, कमजोर संस्थागत संरचना र बलियो check and balance को परम्परा नभएको देशमा प्रत्यक्ष निर्वाचित कार्यकारीको अभ्यासले सत्ता केन्द्रीकरण र असन्तुलन निम्त्याउँछ।”

भण्डारीको भनाइमा, अमेरिकाको संघीय शासन र फ्रान्सको मिश्रित प्रणाली दुवै आफ्नो राजनीतिक सन्दर्भ र ऐतिहासिक पृष्ठभूमिमा सफल भएका हुन्, तर नेपालका चुनौती र सन्दर्भ पूरै फरक छन् भन्ने सबैले हेक्का राख्नु आवश्यक छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट