Techie IT
२०८२ कार्तिक ११, मंगलबार

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता


सरकारले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता गरेको छ।

गृह मन्त्रालयका स्रोतका अनुसार, पूर्वप्रधानमन्त्रीको हैसियतमा उपलब्ध गराइएका सुरक्षाकर्मी सबै फिर्ता गरिनुपर्ने निर्णय भएको हो। यसअघि नेपाललाई सुरक्षा व्यवस्था अन्तर्गत १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मी उपलब्ध गराइएको थियो।

स्रोतका अनुसार, नेपाल भ्रष्टाचार अभियुक्त भएका कारण उनको सुरक्षा सुविधा कटौती गरिएको हो। तर, यदि उनले फेरि निवेदन दिए सुरक्षा चुनौतीको मूल्याङ्कन गरी आवश्यक सुरक्षाको व्यवस्था सरकारले गर्ने जनाएको छ।

पूर्वप्रधानमन्त्री नेपाल पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए। विशेष अदालतका सदस्य तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइराला को इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट