Techie IT
२०८२ कार्तिक १५, शनिबार

नेतृत्व छोड्न तयार छु, संसार घुम्न मन छ - माधव नेपाल

माओवादीसँगको एकता ‘सुटुक्क नभएको’ अध्यक्ष माधव नेपालको स्पष्टीकरण


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसहितका वाम दलहरूसँग भइरहेको एकता प्रक्रिया सुटुक्क वा व्यक्तिगत पहलमा नभई औपचारिक निर्णयका आधारमा अघि बढाइएको दाबी गरेका छन्।

शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै नेपालले सचिवालय र स्थायी कमिटीको निर्णयअनुसार वार्ता टोली गठन गरेर नै एकता प्रक्रिया अघि बढाइएको स्पष्ट पारे।

नेपालले भने, “यो कुनै सुटुक्क वा व्यक्तिगत रूपमा गरिएको एकता होइन। सचिवालय र स्थायी कमिटीको निर्णयअनुसार वार्ता टोली बनाएर बकाइदा प्रक्रिया अघि बढाइएको हो।”

नेपालका अनुसार, एकता प्रक्रिया माओवादी केन्द्रसँग मात्र सीमित छैन। उनले महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा विप्लव समूहको एक हिस्सासँग पनि एकता हुने जानकारी दिएका छन् ।

उनले भने, “यो माओवादी केन्द्रसँग मात्र होइन, महेन्द्र राय यादवको पार्टी, आज विभाजन भएको विप्लव समूहसँग पनि एकता हुन्छ। जेनजी आन्दोलनका केही पात्रहरू पनि यस प्रक्रियामा आउन इच्छुक छन्।”

नेपालले वाम एकतालाई दीर्घकालीन राजनीतिक स्थायित्व र नयाँ वैकल्पिक शक्ति निर्माणको अवसरका रूपमा व्याख्या गरेका छन् ।

बैठकमा अध्यक्ष नेपालले प्रचण्डलाई समेत अब नेतृत्व हस्तान्तरण गर्न सुझाएको खुलासा गरे। उनले आफू पनि अब नेतृत्वमा बस्ने मनसाय नरहेको बताए।

नेपालले भने, “मैले प्रचण्डलाई भनें—३६/४० वर्ष भयो, अब नेतृत्व छोड्नुहोस्। मलाई पनि संसार घुम्न मन छ, त्यसैले अब नेतृत्वमा बस्दिनँ।”

त्यस्तै, उनले नेकपा विप्लव नेतृत्वको पक्षलाई पनि पार्टीमा सहकार्यका लागि खुला आमन्त्रण गर्दै भने, “विप्लवका साथीहरूका लागि हाम्रो ढोका अझै खुला छ। मैले उहाँलाई महासचिव बन्न आग्रह गरेको थिएँ, तर उहाँले मान्नुभएन।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट