Techie IT
२०८२ फागुन ९, शनिबार

प्रधानमन्त्री कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीलाई किन बोलाईन काठमाडौं?


प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसँग संयुक्त बैठक आह्वान गरेकी छन्।

बैठक भोलि आइतबार दिउँसो ४ बजे बालुवाटारमा बस्ने गरी सबै मुख्यमन्त्रीलाई जानकारी गराइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले हालको परिवर्तित राजनीतिक परिस्थिति र संघीय अभ्यासलाई प्रभावकारी बनाउनका लागि संघ र प्रदेश सरकारबीचको संवाद तथा सहकार्य सुदृढ गर्न बैठक आह्वान गरेको उनका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिएका छन् ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी हुनेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट