Techie IT
२०८२ कार्तिक १६, आइतबार

दुर्गा प्रसाईं र नेपाली कांग्रेस (बी.पी.)ले सहकार्य गर्ने, मंसिर ६ देखि संयुक्त आन्दोलन

कुनै पनि विभाजनकारी वा हिंसात्मक गतिविधि नगर्ने उल्लेख छ


दुर्गा प्रसाईं नेतृत्वको राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान र सुशीलमान शेरचन नेतृत्वको नेपाली कांग्रेस (बी.पी.) ले सहकार्य गर्ने भएका छन्।

आइतबार बिहान भक्तपुरको मध्यपुर ठिमीस्थित प्रसाईंको निवासमा दुई पक्षबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

नेपाली कांग्रेस (बी.पी.) का सभापति सुशीलमान शेरचनले प्रसाईं पक्षबाट सहकार्यको प्रस्ताव आएको र आफूहरूले त्यसमा सहमति जनाएका छन् । “हामीले २०८३ सालदेखि आन्दोलन थाल्ने तयारीमा थियौं। तर दुर्गा प्रसाईंले मंसिर ६ गतेदेखि सुरु हुने आन्दोलनमा सहकार्यको प्रस्ताव राख्नुभयो, हामी त्यसमा सहमत भयौं,” शेरचनले भने।

सम्झौतामा राष्ट्र, धर्म र नागरिक सुरक्षाको सम्मान गर्दै कुनै पनि विभाजनकारी वा हिंसात्मक गतिविधि नगर्ने उल्लेख छ। सहमति अनुसार, मंसिर ६ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन तथा जनजागरण अभियानमा नेपाली कांग्रेस (बी.पी.) का नेता, कार्यकर्ता र समर्थकहरू सक्रिय रूपमा सहभागी हुनेछन्।

आन्दोलनका क्रममा नेपाली कांग्रेस (बी.पी.) लाई आफ्ना झन्डा, नाराहरू, प्रचार–सामग्री र संगठनात्मक पहिचानसहित सहभागी हुने स्वतन्त्रता प्रदान गरिएको छ। त्यस्तै, आन्दोलनका कार्यक्रमहरू प्रभावकारी बनाउन दुवै पक्षका प्रतिनिधिहरू सम्मिलित संयुक्त समन्वय समिति गठन गर्ने पनि सहमति भएको छ।

नेपालको स्वाधीनता, राष्ट्रियता, धर्म, लोकतन्त्र र नागरिक अधिकारमाथि परेका आन्तरिक तथा बाह्य चुनौतीका प्रतिवादस्वरूप जनजागरण आवश्यक रहेको दुवै पक्षले बताएका छन्। सहकार्यको माध्यमबाट साझा उद्देश्यमा आधारित अभियान सञ्चालन गर्ने सहमति जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट