Techie IT
२०८३ असोज १६, शुक्रबार

एकीकृत समाजवादीको असन्तुष्ट समूहसँग एकता हुँदैन : एमाले अध्यक्ष ओली


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का असन्तुष्ट पक्षसँग समूहगत वा पार्टीगत रूपमा एकता नहुने स्पष्ट गरेका छन्।

एकीकृत समाजवादीले शुक्रबार माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, र स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीसहितका नेताहरू असन्तुष्ट बनेका छन् र नयाँ पार्टी गठनको तयारीमा छन्।

यी नेताहरू एमालेमा फर्कने चर्चा चलिरहेको बेला शनिबार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले समूहगत एकता सम्भव नभएको स्पष्ट गरेका हुन्।

ओलीले भने, “कुनै समूहसँग एकता हुँदैन। उहाँहरू (एकीकृत समाजवादीका असन्तुष्ट) सँग मैले कुरा गरेको छु। मैले भनेको छु तपाईंहरू आउनुहोस्। व्यक्तिगत रूपमा दस–बीस जना आए पनि त्यो व्यक्तिगत हुनेछ। अलग्गै समूह बनाएर ‘एमाले र फलानो समूहबीच पार्टी एकता भयो’ भन्ने कुरा हुँदैन।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट