Techie IT
२०८३ असार २७, शनिबार

पार्टी फुट्ने हल्लाविच सुदन किराँतीले मागे यी ५ बुँदामा लिखित प्रतिबद्धता


नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठकले हिजो एकीकृत समाजवादीसहित सात दलसँग एकता गर्ने निर्णय गरेपछि पार्टी भित्र हलचल बढेको छ।

बैठक चलिरहेको बेला नेता जनार्दन शर्माले आफ्नो कुरा राख्दै बैठकबाट निस्किएका थिए। आज बिहान उनका पक्षका नेता सुदन किराँतले सामाजिक सञ्जाल फेसबुकमा अब सँगै यात्रा गर्न सकिने केहि शर्तहरू अघि सारेका छन्।

निम्न विषयमा लिखित प्रतिबद्धता हुदाँ मात्र यात्रासंगै गर्न सकिन्छ :- 
१. विधान संशोधन गरेर नयाँ संरचना निर्माण गरी अधिकार बाँडफाँड गरौं ।  (आवश्यक पर्दा संरक्षकले पार्टी
विघटन गरी अधिवेशनको घोषणासम्म गर्न पाउने गरी) 
२. पार्टी, आन्दोलन र जेन-जी विद्रोहको भावना विपरीत व्यक्तिको लागि गर्न लागिएको अपूर्ण र अपवित्र (भ्रष्टाचार सम्बन्धि मुद्दाको छानविन भइरहेको बेला) पार्टी एकता तत्काल रोकौं । 
३. क.प्रचण्डलाई  संरक्षक वा सर्वमान्य नेता बनाई पदाधिकारीलाई निर्देशक कमिटीमा बदलौं । 
४. स्थायी समितिदेखि अग्रज नेताहरुको एक केन्द्रीय राजनीतिक समिति बनाऔं ।
(राष्ट्रिय महत्त्वको निर्णय र सांसद छनोट गर्ने लगायतको अधिकार सो समितिलाई विधानमा व्यवस्था गरौं) 
५. तेश्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिउँ र  त्यो तेश्रो पुस्ताले पुलको भूमिका स्वरुप पुरानोको अनुभव र नयाँ (जेन-जी) पुस्ताको उर्जालाई जोडेर पार्टीलाई गति दिउँ वा अफ्ठ्यारोमा परेको पार्टीलाई उद्वार गरौं । 
उपरोक्त विषय माओवादी पार्टी रुपान्तरणको विकल्प हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट