Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

कांग्रेस सुधार अभियान (अन्डर–४०)द्वारा पार्टी कार्यालयमा तालाबन्दी


सुरक्षा घेरा तोड्दै ‘कांग्रेस सुधार अभियान (अन्डर–४०)’ समूहले शुक्रबार नेपाली कांग्रेसको पार्टी मुख्यालय, सानेपामा प्रदर्शन गरेको छ। प्रदर्शनकारी समूहले पार्टी कार्यालयको मुख्य गेटमै पुगेर तालाबन्दी समेत गरेको हो।

पार्टी कार्यालय प्रवेशद्वारमा प्रहरीको कडा सुरक्षा घेरा तोड्दै उनीहरू गेटसम्म पुगेका थिए। नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने मागसहित उनीहरूले नारा जुलुससहित प्रदर्शन गरेका छन्।

पार्टी कार्यालयको प्रांगणमा प्रवेश रोकिएपछि उनीहरूले गेटबाहिरै बसेर नाराबाजी गरेका थिए।

प्रदर्शनका क्रममा उनीहरूले, “नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गरियोस्!”, 

“आम कांग्रेसजन र युवाहरूको भावनालाई नजरअन्दाज नगरियोस्!” जस्ता नारा लगाएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट