Techie IT
२०८२ कार्तिक १७, सोमबार

एमालेले मंसिर २७ गते काठमाडौंमा विशाल जनसभा गर्ने


शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले विशाल जनसभा आयोजना गर्न लागेको जानकारी दिएका छन्।

प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले उक्त जनसभा नेपालको इतिहासकै सबैभन्दा ठूलो हुने दाबी गरे। उनका अनुसार प्रमुख राजनीतिक दलहरूबाट जनता अलग भइसके भन्ने भ्रम फैलाउने प्रयास भइरहेको छ, र त्यो गलत छ भन्ने देखाउनका लागि एमालेले जनसभा गर्न लागेको हो।

‘जनता प्रमुख दलबाट अलग भइसके भन्ने अहिले जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यो गलत हो भन्ने कुरा सावित गर्ने उद्देश्यले हामी जनसभा गर्न लागेका हौं,’ पोखरेलले भने।

उनले थप जानकारी दिँदै हालै बसेको सचिवालय बैठकले देशभर चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम तय गरेको बताए। त्यसअनुसार एमालेले कात्तिक २२ गते वडास्तरीय जनभेला, २५ गते पालिकास्तरीय जनर्‍याली, २९ गते जिल्लास्तरीय जनसभा, मंसिर ६ गते उपत्यकास्तरीय र्‍याली र मंसिर २७ गते काठमाडौंमा केन्द्रीय स्तरको विशाल जनसभा आयोजना गर्ने जनाएको छ।

‘२७ गतेको जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो हुनेछ,’ पोखरेलले भने, ‘हामी देखाउन चाहन्छौं, जनता कसको साथमा छन्। जनता कहिल्यै हिंसा, अराजकता र लुटपाटको साथमा हुन सक्दैनन्।’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट