नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि दिउँसो १ बजे बस्ने, प्रभाकर उपस्थित होलान्?
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक मंगलबार दिउँसो १ बजे राजधानीमा बस्ने तय भएको छ। बैठकमा नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदन गरिने छ।
पार्टी नेता हरिबोल गजुरेलका अनुसार, “९ दलबिच भएको एकता सहमति र सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो। नेताहरूलाई बोलाउने समय छुट्याइएको छैन।”
उनले आगामी पार्टी एकता घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा हुने तयारी रहेको पनि जानकारी दिए। आइतबार माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत ८ दलबिच एकता सहमति पत्रमा हस्ताक्षर भएको थियो।
शनिबार बसेको सचिवालय बैठकमा नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँगको एकता हितकर नहुने भन्दै प्रक्रिया रोक्नुपर्ने बताएका थिए। भोलि बस्ने केन्द्रीय समिति बैठकमा उनका उपस्थितिका विषयमा अझै सुनिश्चित जानकारी आएको छैन। तथापि, निकट स्रोतका अनुसार उनले बैठकमा आफ्नो फरक धारणा राख्ने जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस