Techie IT
२०८२ माघ १५, बिहीबार

नेतृत्व बुढो भएसम्म पदमा बसिराख्ने चलन उचित होइन, अब नेतृत्व हस्तान्तरण गर्ने बेला आयो - प्रचण्ड


नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिनलाई नेपाली राजनीतिमा राष्ट्रिय एकताको आधार तयार गर्ने असाधारण अवसरका रूपमा व्याख्या गरेका छन्।

भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “आजको दिन कसैले पनि बिर्सनु हुँदैन। यो अब इतिहासमा सदैव सम्झिने दिन हुनेछ।”

उनका अनुसार १० घटकबीचको एकता नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा अभूतपूर्व, ऐतिहासिक र असाधारण घटना हो। उनले आफूलाई संयोजकका रूपमा १० घटकको ठूलो जिम्मेवारी दिइएकामा हर्ष र गर्व महसुस भएको बताएका छन् ।

“अब पार्टीलाई नयाँ ढङ्ग, नयाँ शैली र नयाँ सोचसहित अघि बढाइनेछ,” प्रचण्डले भने। उनले नेतृत्व प्रणालीबारे भने, “नेतृत्वलाई एउटै पदमा, एउटै किसिमले निरन्तर राखिराख्न आवश्यक छैन। नेतृत्वलाई स्थापित गर्ने र भूमिकालाई अघि बढाउने अन्य धेरै तरिका हुन सक्छन्।”

आगामी महाधिवेशनमा नयाँ नेतृत्व प्रणालीबारे गम्भीर छलफल हुने बताउँदै उनले थपे, “जनयुद्धका समयमा रोल्पामा भएको बैठकमा मैले नै पार्टीको नेतृत्व बुढो भएर ओछ्यान नपर्दासम्म पदमा बसिराख्ने चलन उचित होइन भन्ने दस्ताबेज प्रस्तुत गरेको थिएँ। अहिले त्यो विचार कार्यान्वयन गर्ने समय आएको छ।”

प्रचण्डले सह-संयोजक माधवकुमार नेपालसँग पनि यस विषयमा सहमति रहेको उल्लेख गर्दै भने, “माधवजी र म दुवै यही सहमतिमा छौं, पदमा बसिराख्नु नै नेताको मूल्य होइन। अब नयाँ विचार र विधि विकास गर्नुपर्छ। इतिहासमा योगदान दिएका नेताहरूलाई सम्मान गर्ने प्रणाली बनाएर हामी नयाँ दिशातिर अघि बढ्न सक्छौं।”



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट