Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

एमालेसँग समेत बृहत् एकताको निम्ति तयार छौँ - संयोजक प्रचण्ड


नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीतिक चुनौती समाधानका लागि राष्ट्रिय एकताको आधार तयार पार्ने असाधारण दिन आएको बताएका छन्।

भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “आजको दिन कसैले पनि बिर्सनु हुँदैन, यो अब इतिहासमा सदैव सम्झिने दिन हुनेछ।”

प्रचण्डका अनुसार कम्युनिस्ट इतिहासमा १० घटकबीचको एकता अभूतपूर्व, ऐतिहासिक र असाधारण उपलब्धि हो। उनले अझै पनि विचार मिल्नेहरूसँग थप एकता प्रक्रिया अघि बढाइने बताए।

उनले भने, “१० पार्टी मिल्दैमा पुग्यो भन्ने होइन। अझै एकताबद्ध हुन तयार छौँ। समाजवादी मोर्चामा रहेका हुन् वा अन्य कम्युनिस्ट घटक या एमालेसँग समेत बृहत् एकताको निम्ति राष्ट्र बचाउन, लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति हामी सबैसँग हातेमालो गर्न तयार छौँ। जोसँग छिटो मिल्छ एकता गर्छौँ। पछि मिल्नेसँग मोर्चा बनाएर जान्छौँ।’”

प्रचण्डले थपे, “जोसँग छिटो मिल्छ, उनीहरूसँग एकता गर्छौँ। पछि मिल्नेहरूसँग मोर्चा बनाएर अघि बढ्छौँ।”



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट