Techie IT
२०८३ असार २७, शनिबार

अमेरिकाबाट देश निकाला गरिएका थापा रास्वपा विस्तारित बैठकमा उपस्थित


मोहन थापा

गत साउनमा अमेरिकाबाट देश निकाला गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व केन्द्रीय सदस्य मोहन थापा चितवनमा जारी रास्वपाको विस्तारित बैठकमा सहभागी भएका छन्।

थापा गत वर्ष फागुन महिनामा अमेरिकामा पक्राउ परेका थिए। उनलाई गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपमा अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (ICE) ले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा उनी अध्यागमनसम्बन्धी नियम र अमेरिकी कानुन उल्लंघनको आरोपमा तानिएका थिए। डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेपछि अमेरिकाले गैरकानुनी रूपमा बसोबास गर्दै आएका विदेशी नागरिकलाई देश निकाला गर्ने अभियान तीव्र बनाएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट