कांग्रेसले किन बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक?
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज दिउँसो १ बजेका लागि बोलाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्नेछ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिलाई उपस्थित रहन अनुरोध गरिएको कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
बैठकले पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस