Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

डा. भीम रावल प्रचण्ड–माधव नेतृत्वको नेकपामा मिसिँदै, कुन वरियतामा भयो सहमती?


नेकपा (एमाले) बाट निष्कासनमा परेपछि छुट्टै राजनीतिक अभियान सञ्चालन गरिरहेका पूर्व उपप्रधानमन्त्री डा. भीम रावल प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा मिसिने भएका छन्।

रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेपाली कम्युनिस्ट पार्टी बीच बुधवार एकता हुने तय भएको छ। रावललाई पार्टीमा भित्र्याउन प्रचण्ड र माधव नेपालले बुधवार राष्ट्रिय सभागृहमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना गरेका छन्।

स्रोतका अनुसार, रावललाई नयाँ पार्टी संरचनामा छैटौँ वरियतामा राख्ने सहमति भएको छ। उनले प्रचण्ड, माधव नेपालसहित आफूनिकट नेताहरूसँग परामर्श गरेर एकता प्रक्रियामा सहभागी हुने निर्णय गरेका हुन्।

कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र डा. भीम रावलले सम्बोधन गर्ने जानकारी नेता प्रकाश ज्वालाले दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट