Techie IT
२०८२ फागुन ८, शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सानेपामा बस्दै


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।

पार्टी नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनपछि तीन दिनका लागि स्थगित भएको बैठक आज पुनः सुरु हुन लागेको हो। गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो।

असोज २८ गतेदेखि सुरु भएको बैठकले जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको विश्लेषण गर्दै देशको भविष्य र पार्टीको रणनीतिक भूमिकाबारे छलफल जारी राखेको छ। बैठक अझै सकिएको छैन।

पार्टीभित्र हाल १५औँ महाधिवेशन नियमित रूपमा गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा व्यापक बहस भइरहेको छ।

त्यस्तै, सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेसँगै चुनावअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विषयमा पनि मतभेद देखिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट