Techie IT
२०८२ फागुन ८, शुक्रबार

जेनजीको सहभागितामा ‘जनादेश पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता


जनादेश पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ। मंगलबार अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा आयोगमा निवेदन दर्ता गरिएको हो।

संयोजक कर्णले जनादेश पार्टीमा हालका जेनजी आन्दोलनमा सक्रिय युवाहरू र अनुभवी प्रोफेसनलहरूको सहभागिता रहेको जानकारी दिए। उनी हाल सर्वोच्च अदालत बार एसोसिएसनका सचिवसमेत हुन्।

दल दर्ता निवेदन दिएपछि संयोजक कर्णले पार्टीको प्रारम्भिक संयोजन आफूले गरे पनि नेतृत्व जेनजी पुस्ताले नै लिने बताएका छन् । उनले भने, “जेनजी आन्दोलनकारीकै नेतृत्वमा यो दल आगामी निर्वाचनमा सहभागी हुनेछ। मैले कानुनी प्रक्रिया सहज बनाउनका लागि तत्काल संयोजन गरेको हुँ। केही दिनभित्र बृहत भेलामार्फत नयाँ नेतृत्व र पदाधिकारी चयन गरिनेछ।”

उनका अनुसार पार्टीमा हाल प्रारम्भिक रूपमा ७५ जना केन्द्रीय सदस्य समावेश छन्। ती सदस्यहरूमा जेनजी आन्दोलनका अगुवा, घाइते तथा विभिन्न क्षेत्रका युवाहरू रहेका छन्।

पार्टी गठनमा पोखराकी जेनजी नेतृ विप्लवी न्यौपाने, जस्मिन ओझा, नागरिकता अभियन्ता इन्द्रजीत साफी, साथै जेनजी आन्दोलनमा सक्रिय गणेण चौलागाईं र कमल सुवेदीलगायतको भूमिका रहेको संयोजक कर्णले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट