Techie IT
२०८३ जेष्ठ ४, सोमबार

भदौ २३ अघिल्लो दिन शक्तिशाली देशको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गर्‍यो - भीम रावल


पूर्वगृहमन्त्री भीम रावलले भदौ २३ को जेनजी आन्दोलनअघि शक्तिशाली मुलुकले नेपालमा ठूलो चलखेल गरेको आरोप लगाएका छन्।

बुधबार नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका रावलले शक्तिशाली देशका विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विषयमा तत्कालीन सरकारले जनतालाई जानकारी नदिएको भन्दै प्रश्न उठाए।

‘म केही महिनादेखि त्रिभुवन विमानस्थलमा भइरहेका विदेशी गतिविधि बुझ्दै आएको छु,’ रावलले भने, ‘भदौ २३ अघिल्लो दिन शक्तिशाली देशको जहाज विमानस्थलमा अवतरण गर्‍यो। त्यसबारे सरकारले न जानकारी दियो, न स्पष्टीकरण आयो। अनि दुई दिनमै नेपालको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका खरानीजस्तै हुने अवस्था आयो। यस्तो सुरक्षा प्रणाली कस्तो हो, जसले दुई दिन पनि टिक्न सक्दैन?’

रावलले विगतका कमजोरीहरूबाट पाठ सिक्दै आगामी राजनीतिक यात्रामा सचेत ढंगले अघि बढ्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट