Techie IT
२०८२ कार्तिक २७, बिहीबार

एमाले महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष हुने निश्चित छ : खगराज अधिकारी


नेकपा एमालेका नेता खगराज अधिकारीले आगामी महाधिवेशनमा केपी शर्मा ओली सर्वसम्मत अध्यक्ष बन्नेमा कुनै शंका नभएको बताएका छन्।

प्रेस चौतारी नेपाल कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका अधिकारीले सर्वसम्मत अध्यक्ष नहुने अवस्थामा पनि स्वस्थ प्रतिस्पर्धा हुने र त्यसले पार्टीलाई कुनै नोक्सानी नहुने बताए।

‘२०३६ सालदेखि अहिलेसम्म म एमालेको पूर्णकालीन कार्यकर्ता हुँ। कुनै व्यवसायमा छैन,’ उनले भने, ‘मेरो अनुभवले देखाउँछ कि नेकपा एमाले वर्तमान नेतृत्वलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउँछ। त्यसमा कुनै शंका छैन। त्यसो नभए पनि स्वस्थ प्रतिस्पर्धा हुनेछ र पार्टीले सबैको आकलन गरेर नेतृत्वलाई निरन्तरता दिनेछ।’

अधिकारिले असंवैधानिक बाटोबाट बनेको सरकार जनादेश लिन नचाहेको दाबी गर्दै, एमाले चुनावसँग नडराएको बताएका छन् । उनले थपे, ‘ठूलो मात्रामा नेपाल प्रहरीका हातहतियार र पोशाक पनि लुटिएको अवस्थामा भयरहित वातावरण बनाउने प्रमुख दायित्व सरकारको हो, तर त्यसतर्फ ध्यान दिइएको छैन।’

एमाले छाडेर मातृभूमि अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरे पनि पार्टीले कुनै क्षति व्यहोर्न नपर्ने अधिकारीको दाबी छ।

त्यसैगरी, उनले २३ भदौमा जेनजी पुस्ताले शान्तिपूर्ण आन्दोलन गरेका विषय हाइज्याक भएको र सामाजिक सञ्जाल नियमन, सुशासन कायम तथा भ्रष्टाचार नियन्त्रणका माग कमजोर पार्ने प्रयास भएको बताएका छन्।

अधिकारिका अनुसार, संविधानले कल्पना नगरेको असंवैधानिक बाटोबाट सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधिश प्रधानमन्त्री बनेर युवाका माग हाइज्याक गर्न खोजिएको हो, जसले मुलुकलाई कमजोर बनाउने खेल भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट