Techie IT
२०८२ फागुन ८, शुक्रबार

नेकपा र जनता समाजवादी पार्टी (जसपा)बीच एकता नजिक


नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बीच एकता वार्ता भएको छ। शनिबार पेरिसडाँडामा दुई पार्टीबीच प्रारम्भिक छलफलसमेत सम्पन्न भएको हो।

वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको नेकपा नेता देव गुरुङले जानकारी दिएका छन् । उनका अनुसार दुवै पार्टीबीच प्राविधिक, वैचारिक र सैद्धान्तिक विषयमा केन्द्रित भएर छलफल भएको छ।

नेता देव गुरुङले भने, ‘जसपासँगको एकता वार्ता सकारात्मकतर्फ अघि बढेको छ। आजको वार्ता प्रारम्भिक चरणको हो। प्राविधिक, वैचारिक र सैद्धान्तिक विषयमा छलफल भयो। छलफललाई निरन्तरता दिएर निष्कर्षमा पुग्ने सहमति छ। अहिले कुनै निर्णय भएको छैन।’

एकता वार्तामा नेकपातर्फबाट देव गुरुङ र जसपातर्फबाट राजेन्द्र श्रेष्ठले नेतृत्व गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट