Techie IT
२०८३ जेष्ठ ४, सोमबार

नेता थापाद्वारा विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण


नेपाली कम्युनिष्ट पार्टीका नेता अर्जुन बहादुर थापाले आफ्नो आमाबुवाको नाममा स्थापना गरिएको चन्द्र लोक शैक्षिक कोषमार्फत धनजनता उच्च मावि, हेमउच्च मावि, र ताकम उच्च माविका जेहेन्दार तथा अति विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका छन्।

थापाले कोषबाट विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री जस्तै कापी, कलम र झोला समेत वितरण गरेका थिए। उनले कोष स्थापना भएदेखि नै हरेक वर्ष विपन्न विद्यार्थीहरुलाई विगत चार वर्षदेखि म्याग्दीको धौलागिरी क्षेत्रका ११ वटा माविमा यस प्रकारको सहयोग प्रदान गर्दै आएको छ।

थापाका अनुसार, यो कोष आध्यात्मिक र सामाजिक व्यक्तित्व स्व. लोक बहादुर थापा र चन्द्रकली थापाको सम्झनामा अस्ट्रेलिया र नेपालमा रहेका छोराछोरीले स्थापना गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट