Techie IT
२०८२ मंसिर ४, बिहीबार

आलोचना सहिन्छ, अवरोध सहन सकिँदैन, प्रतिरोध गरिन्छ - एमाले नेता बस्नेत


नेकपा एमाले नेता महेश बस्नेत

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अवरोधको सामना प्रतिरोधमार्फत गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौँमा स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजित अन्तरक्याम्पसस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बोल्दै बस्नेतले भने, एमाले आलोचना स्वीकार गर्ने पार्टी हो तर अवरोध सहन सकिँदैन।

उनले पार्टीमा कमजोरी भए सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, बिना गल्ती अवरोध भए प्रतिरोधमा उत्रिन एमालेको सिद्धान्त रहेको पनि उनले स्पष्ट पारे।

बस्नेतले आन्दोलनको नाममा ‘आतंककारी गतिविधि’ गर्नेहरूलाई समर्थन गर्न नसकिने बताएका छन्। उनले सामाजिक सञ्जालको दुरुपयोग गरेर नेपाललाई अस्थिर बनाउन खोजिएको र अन्तर्राष्ट्रिय शक्तिहरूले नेपाललाई आफ्नो ‘खेल मैदान’ बनाउन खोजिरहेको पनि बताए।

कार्यक्रममा बस्नेतले धारणा राखिरहँदा एक युवाले मञ्चअगाडि विरोध प्रदर्शन गरेका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट