Techie IT
२०८२ फागुन ८, शुक्रबार

स्वाधीनताको रक्षाका लागि स्वाधीन युद्ध अब अपरिहार्य बन्यो - महासचिव उषाकिरण


अखिल (क्रान्तिकारी)महासचिव उषाकिरण आजाद

नेकपा बहुमत (धर्मेन्द्र बास्तोला नेतृत्व) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का महासचिव उषाकिरण आजादले वर्तमान सरकार खारेज गर्नुपर्ने माग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आजादले “स्वाधीनताको रक्षाका लागि स्वाधीन युद्ध अब जनताका लागि अपरिहार्य आवश्यकता बनेको” दाबी गरेका छन्।

उनका अनुसार, यदि सर्वपक्षीय सम्मेलनमार्फत अन्तरिम स्वाधीन सरकार गठन नगरेमा नेपाली जनताले राष्ट्रिय स्वाधीनताको रक्षाका नाममा “युद्धको घोषणा गर्न बाध्य हुने” अवस्था आउने छ।

आजादले लामो समयदेखि सुशासन, भ्रष्टाचार अन्त्यलगायतका मुद्दामा संघर्ष गरिरहेका शक्तिहरूलाई कमजोर बनाउन खोजिएको आरोप पनि लगाएका छन्। उनका अनुसार, “NGO/INGO को प्रभावमा चल्ने सरकार जनहित र राष्ट्रिय हितविपरीत” रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट