Techie IT
२०८३ असार ८, सोमबार

एमाले एक ढिक्का बनाउन सुरेन्द्र पाण्डेको आह्वान


नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई एकताबद्ध बनाउनु नेतृत्वको मुख्य जिम्मेवारी भएको बताएका छन्।

सामाजिक सञ्जालमा लेखेको सन्देशमा उनले अहिले कार्यकर्ताको मनोबल कमजोर बनाउने समय नभएको उल्लेख गर्दै सबैलाई जोडेर ऊर्जा दिनु आवश्यक रहेको बताएका छन्। उनले आफू एमालेका उम्मेदवारलाई जिताउन सक्रिय रूपमा मैदानमा खटिएको पनि जनाएका छन्।

नेता पाण्डेले आफ्नै सहयोद्धालाई सार्वजनिक रूपमा कमजोर बनाउने प्रवृत्तिभन्दा संस्थागत निर्णय र सामूहिक सोचका आधारमा बाह्य चुनौती सामना गर्नु नै राजनीतिक परिपक्वता भएको बताएका छन्।

उनले लेखेका छन्, ‘टिकट वितरणको “क्याल्कुलेसन” लाई पार्टी हितका लागि हामीले विरोध नगरी स्वीकार गरेका छौँ। तर एमालेलाई जिताउने हाम्रो साझा संकल्पमा पूर्वाग्रही टिप्पणीले कुनै सकारात्मक अर्थ राख्दैन। वैचारिक असहमति राख्ने साथीहरू पनि उत्तिकै आदरणीय एमाले हुन्। मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह राख्ने मेरो राजनीतिक संस्कार छैन। त्यसैले यस्ता टिप्पणीको खण्डनमा अल्झिनुभन्दा म अहिले एमालेका उम्मेदवारलाई जिताउन र संगठनको साख जोगाउन पूर्ण रूपमा मैदानमा खटिएको छु।’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट