निष्पक्ष निर्वाचन भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशलाई संकटबाट मुक्त गर्न निष्पक्ष निर्वाचन गराएर नेपाली कम्युनिस्ट पार्टीलाई बलियो रूपमा स्थापित गर्नुपर्ने धारणा राखेका छन् ।
“निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने आगामी चुनावमा हाम्रो पार्टी पहिलो शक्ति बन्न सक्छ,” उनले भने, “अब पार्टीलाई बलियो बनाएर राष्ट्र र जनहित सुनिश्चित गर्न लागौँ। जनवादी क्रान्तिपछि अब समाजवादी क्रान्तिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्छ।”
संयोजक दाहालले पछिल्लो समय क्रान्तिकारी कम्युनिष्टसहित एमालेलगायत विभिन्न वामपन्थी दलबाट नेकपामा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढेको उल्लेख गर्दै चुनावका समयमा हुने अवाञ्छित गतिविधि रोकिए आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरे।



तपाईको प्रतिक्रिया दिनुहोस