Techie IT
२०८३ असार ८, सोमबार

बालेन चढेको गाडी व्यापारीको होइन, भाडाको हो: स्वकिय भूपदेव शाह


राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भूपदेव शाहले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) चढेको गाडी भाडामा लिइएको भएको दाबी गरेका छन्। ज्वागलमा पत्रकारहरूसँग कुरा गर्दै शाहले उक्त गाडी कुनै पनि व्यापारीको स्वामित्वमा नरहेको स्पष्ट पारे।

उनका अनुसार चुनावी उम्मेदवारको यात्राका लागि अलग लजिस्टिक टोली रहने र त्यही टोलीले आवश्यक परे विभिन्न ठाउँमा गाडी भाडामा लिने गरेको बताएका थिए।

‘उम्मेदवारको लजिस्टिक व्यवस्थापन गर्ने टोली हुन्छ। त्यो टोलीले स्वाभाविक रूपमा विभिन्न ठाउँमा जाँदा गाडी भाडामा लिन्छ। सोहीअनुसार यो पनि भएको हुनुपर्छ,’ शाहले भने, ‘भोलि हामी सुदूरपश्चिम जाँदैछौँ। त्यहाँ पनि गाडी भाडामै लिन्छौँ।’

शाहले यसअघि प्रयोग गरिएको गाडी व्यापारीबाट लिइएको हुनै नसक्ने दाबी गर्दै भने, ‘यदि त्यस्तो प्रमाण भेटिएमा म तपाईंहरूसँग सामना गर्न तयार छु।’

तर, गाडी भाडामा लिँदा प्रायः व्यापारीसँगै लिनुपर्ने भएकाले त्यसको पृष्ठभूमिबारे थप बुझ्न आवश्यक रहेको धारणा उनले राखे।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट