Techie IT
२०८२ माघ १२, सोमबार

संविधान लिकबाहिर गइसक्यो, लोकतन्त्र जोखिममा छः रमेश लेखक


नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले वर्तमान अवस्थामा लोकतन्त्र गम्भीर संकटमा परेको बताएका छन्। स्थानहद फुकुवा भएपछि पहिलो पटक गृहजिल्ला कञ्चनपुर पुगेका लेखकले सोमबार आयोजित कार्यक्रममा देश अप्ठ्यारो मोडमा पुगेको दाबी गरेका हुन् । 

उनले भने, “अहिले देश अप्ठ्यारो अवस्थामा छ। संविधान लिकबाट बाहिर गएको छ, लोकतन्त्र जोखिममा छ। यस्तो बेला सबै साथीहरू मिलेर कांग्रेसलाई जिताउन र बलियो बनाउनुपर्छ।”

लेखकले कांग्रेसका उम्मेदवारलाई जिताउन सबै कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। देशको अवस्था सामान्य नरहेकाले संविधानलाई पुनः सही बाटोमा ल्याउन कांग्रेसको विजय आवश्यक रहेको उनको भनाइ थियो। स्थानहद फुकुवा भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा पुगेका लेखकको क्षेत्र कञ्चनपुर–३ मा नेपाली कांग्रेसले पूर्व जिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट