गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति प्रति रास्वपाको धारणा माग्दै राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारले गाई काटेर खान पाउनुपर्ने भन्दै दिएको अभिव्यक्तिबारे सम्बन्धित पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्।
बाँके–३ बाट रास्वपाका उम्मेदवार बनेका अभियन्तासमेत रहेका सुनारले हालै सार्वजनिक माध्यममार्फत खसी (मटन) खान पाइने भए गाई काटेर खान पनि पाउनुपर्ने बताएका थिए।
महामन्त्री पाठकले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रास्वपाले तत्काल आफ्नो दृष्टिकोण स्पष्ट पार्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेका हुन्।
विज्ञप्तिमा पाठकले भनेका छन्,
“गाई काटेर खान पाउनुपर्ने भनी सांसदका उम्मेदवार तथा पार्टीसँग आबद्ध एक अभियन्ताले दिएको आपत्तिजनक अभिव्यक्तिबारे राष्ट्रिय स्वतन्त्र पार्टीले तुरुन्त आफ्नो धारणा सार्वजनिक गर्नैपर्छ। चुनावको मुखमा विपक्षीले रणनीतिक रूपमा उठाउने अन्य मुद्दाजस्ता होइन यो। यस्तो अतिवादी भनाइप्रति पार्टी कति संवेदनशील छ ? सनातन धर्म, संस्कृति, मान्यता र परम्पराबारे पार्टीको अडान के हो ? रास्वपाले स्पष्ट पार्नुपर्छ।”



तपाईको प्रतिक्रिया दिनुहोस