Techie IT
२०८३ असार ७, आइतबार

रास्वपासँगको एकता ‘दुर्घटना’ थियो : कुलमान घिसिङ


उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग गरिएको एकता प्रयासलाई ‘दुर्घटना’ को संज्ञा दिँदै अब आफ्नो पार्टीको अस्तित्व जोगाएरै अघि बढ्ने स्पष्ट पारेका छन्।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले अब कुनै पनि हालतमा पार्टीको नाम र चुनाव चिन्ह अरू दलसँग विलय हुन नदिइने उद्घोष गरे।

रास्वपासँगको छोटो समयको एकता प्रयास स्मरण गर्दै उनले त्यो १२ दिनलाई पार्टी ‘कोमा’ मा पुगेको समयका रूपमा व्याख्या गरेका थिए । “पार्टी गठन भएको तीन महिना पनि पुगेको थिएन, तर हामी बीचमै कोमामा पुग्यौँ,” उनले भने, “अहिले हामी तन्दुरुस्त भएर बाहिर निस्किएका छौँ। अब हाम्रो नाम र चिन्ह कतै हराउन दिने छैनौँ।” अन्य दलहरू आफ्नो पार्टीमा समाहित हुन सक्ने तर आफूहरू अरूमा मिसिन नजाने उनले अडान व्यक्त गरे।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा उज्यालो नेपाल पार्टीका तर्फबाट १२१ जना उम्मेदवार चुनावी मैदानमा रहेको जानकारी दिँदै उनले उनीहरूलाई जिताउन मतदातासँग अपिल गरेका छन् । उनले नयाँ भनिएका दलहरूले गरिरहेको खर्चिलो प्रचारप्रसारप्रति असन्तुष्टि जनाउँदै कम खर्चमा चुनाव लड्नुपर्नेमा जोड दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट