Techie IT
२०८२ माघ १८, आइतबार

निर्वाचनमा लापरबाही नगर्न गृहमन्त्री अर्यालको चेतावनी


गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचनअघि र निर्वाचन अवधिभर स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई निर्देशन दिएका छन्।

आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तथा जिल्लाको समग्र वस्तुस्थितिबारे जानकारी लिन गृहसचिव तथा मन्त्रालयका उच्च अधिकारीसहित बुधबार काभ्रेपलाञ्चोकको धुलिखेल पुगेका गृहमन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालयले हालै सार्वजनिक गरेको ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

उनले धुलिखेलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय पुगेर मुख्य निर्वाचन अधिकृतसँग भेट गरी निर्वाचन तयारीबारे जानकारी लिएका थिए।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका पदाधिकारीहरूले जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था र निर्वाचनको तयारीबारे गृहमन्त्रीलाई अवगत गराएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट