Techie IT
२०८२ चैत्र २९, आइतबार

विपक्षी उम्मेदवारको पोष्टमा कमेन्ट, लाइक नगर्न कांग्रेस कञ्चनपुरको निर्देशन


नेपाली कांग्रेस कञ्चनपुरले सामाजिक सञ्जालमार्फत विपक्षी दलका उम्मेदवारको पक्षपोषण हुने कुनै पनि गतिविधि नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ।

कांग्रेस कञ्चनपुरले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीका उम्मेदवारबाहेक अन्य उम्मेदवारको समर्थन हुने गरी सामाजिक सञ्जालमा पोस्ट, कमेन्ट, लाइक वा प्रचार–प्रसारजस्ता गतिविधि नगर्न कडाइका साथ आग्रह गरेको हो।

सचिव भीम भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पार्टीका उम्मेदवारहरू बाहेकका अन्य उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोस्ट, कमेन्ट र लाइक तथा कुनै पनि प्रचार–प्रसारजस्ता कार्यहरू नगर्न निर्देशानुसार अनुरोध गरिन्छ।”

यसैगरी कांग्रेस कञ्चनपुरले नेता–कार्यकर्तालाई उम्मेदवारको पछि नलागी आ–आफ्नो वडा तथा टोलमै केन्द्रित भएर सक्रिय हुन पनि आग्रह गरेको छ। आवश्यकता परे अन्य वडामा जानुपर्ने भए पार्टीलाई जानकारी दिएर मात्र जान भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, “आ–आफ्नो टोल र वडा छोडेर उम्मेदवारको पछि–पछि लाग्ने परम्पराले स्थानीयवासीसँग छलफल, विचार आदानप्रदान तथा सहजीकरण कार्यमा असहजता उत्पन्न हुन जान्छ। त्यसैले सबै साथीहरूलाई आ–आफ्नो वडामा केन्द्रित भई सक्रिय हुन अनुरोध गरिन्छ। आवश्यक परे अन्यत्र जानुपरेमा सम्बन्धित सचिवालयलाई जानकारी गरी मात्र जान अनुरोध गरिन्छ।”

कांग्रेस कञ्चनपुरले पार्टीका उम्मेदवारलाई विजयी बनाउन सबै तहका नेता–कार्यकर्तालाई आ–आफ्नो टोल र वडामा सक्रिय रूपमा परिचालन भई पार्टीको पक्षमा जनमत सिर्जना गर्न पनि आह्वान गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट