Techie IT
२०८३ असार ७, आइतबार

निर्वाचन विरोधमा सक्रिय नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला पक्राउ


नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सुन्धाराबाट नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन्।

बास्तोलासँगै सोही पार्टीका काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

नेकपा (बहुमत)ले फागुन २१ गते हुने निर्वाचनको विरोध गर्दै आएको छ। मंगलबार उक्त समूहले नेपाल बन्दको आह्वानसमेत गरेको थियो। पक्राउको कारण र थप अनुसन्धानबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट