Techie IT
२०८२ फागुन ९, शनिबार

ओली–प्रचण्ड हटे एक हप्तामै वाम एकता हुन्छ : घनश्याम भुसाल


नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल सक्रिय राजनीतिबाट हटे एक हप्ताभित्र वामपन्थी एकता सम्भव हुने दाबी गरेका छन्।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भुसालले ओली र प्रचण्डले पार्टी नेतृत्व छाडे वाम एकतामा कुनै बाधा नहुने बताएका छन् । नेताा भुसालले भने, “कमरेड ओली र कमरेड प्रचण्डले आजै हामी सक्रिय राजनीतिमा छैनौँ भनेर घोषणा गर्ने हो भने एक हप्ताभित्र वामपन्थी एकता हुन्छ, कुनै समस्या हुँदैन।”

भुसालले ओली र प्रचण्डले सरकारमा गएर शक्ति प्रयोग गर्ने आकांक्षा त्यागे मात्र एकताको वातावरण बन्ने बताए। उनका अनुसार वाम शक्तिहरूबीच कार्यक्रम, सिद्धान्त, नीति र विचारका हिसाबले विभाजित हुनुपर्ने कारण नभएको दाबी गरे।

उनले समाजको चरित्र र सैद्धान्तिक विश्लेषणका आधारमा वाम आन्दोलन समाजवादतर्फ उन्मुख हुनुपर्ने बताए। राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने विषयमा माओवादी र अन्य वामपन्थी दलहरू एकै ठाउँमा रहेको उनको भनाइ छ।

भुसालले अहिले स्वार्थका कारण कम्युनिस्ट पार्टीहरू विभाजित भइरहेको आरोप समेत लगाए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट