संसद् विघटन मुद्दामा ‘साधारण तारेख’ प्रति ओलीको आपत्ति: “ढिलो न्याय म्याद गुज्रिएको औषधि जस्तै”
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले साधारण तारेख तोकेकोप्रति आपत्ति जनाएका छन्।
शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संवैधानिक महत्वको मुद्दामा समयमै फैसला आउनुपर्नेमा ढिलाइ हुनु अनुपयुक्त भएको बताए।
ओलीले भने, “सर्वोच्च अदालतले त्यत्रो संवैधानिक प्रश्नमा, मुलुक यस्तो जटिलतामा फसेको बेला फैसला समयमा आउनुपर्थ्यो। निर्वाचनपछि यस मुद्दासम्बन्धी साधारण तारेख व्यवहारिक रूपमा अर्थहीन र प्रयोजनहीन छ।”
उनले यस्तो मुद्दामा समयमै निर्णय नआए भविष्यका लागि आवश्यक नजिर स्थापित हुन नसक्ने जिकिर गरे। ढिलो न्यायको कुनै अर्थ नहुने उल्लेख गर्दै उनले समयमै न्याय सम्पादन नभए “म्याद गुज्रिएको औषधि जस्तै हुने” टिप्पणी गरे।



तपाईको प्रतिक्रिया दिनुहोस