Techie IT
२०८३ असोज ५, सोमबार

नाउपाका धनीराम राप्रपामा प्रवेश, रुपन्देही–१ मा चुनावी समीकरण फेरिने संकेत


नागरिक उन्मुक्ति पार्टीका नेता धनीराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्।

अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका चौधरी शनिबार आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका हुन्। उनलाई भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए।

गत निर्वाचनमा ‘ढकिया’ चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका चौधरीले १३ हजार ९९२ सदर मत प्राप्त गरेका थिए।

चुनावी अभियानका क्रममा रुपन्देही र नवलपरासीका विभिन्न कार्यक्रममा सहभागी हुन भैरहवा पुगेका अध्यक्ष लिङ्देनले चौधरीलाई औपचारिक रूपमा पार्टीमा भित्र्याएका हुन्।

राप्रपाले चौधरीको प्रवेशसँगै रुपन्देही–१ मा आफ्नो चुनावी समीकरण थप बलियो हुने अपेक्षा गरेको जनाएको छ। सो क्षेत्रमा राप्रपाबाट प्रज्वल बोहोरा उम्मेदवार रहेका छन्।

प्रज्वल राप्रपाका दिवंगत नेता दीपक बोहोराका सुपुत्र हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट