Techie IT
२०८३ असार ७, आइतबार

जलविद्युत् नै समृद्धिको आधार बन्न सक्छ : कुलमान घिसिङ


उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत् नै मुलुकको समृद्धिको मुख्य आधार बन्न सक्ने बताएका छन्।

मंगलबार पाँचथरको फिदिममा उज्यालो नेपाल पार्टीद्वारा आयोजित ‘उज्यालो युग घोषणासभा’ लाई सम्बोधन गर्दै उनले जलविद्युत्को व्यापक विकासमार्फत विदेशी मुद्रा आर्जन गर्नुका साथै स्वदेशमै कृषि र उत्पादन वृद्धि गरेर समृद्धि हासिल गर्न सकिने बताएका थिए।

अध्यक्ष घिसिङले भारत र बङ्गलादेशमा विद्युत् निर्यातबाट मुलुकले लाभ लिन थालेको उल्लेख गर्दै यसले जलविद्युत्को सम्भावना पुष्टि गरेको बताए। पूर्वी नेपाल जलविद्युत् उत्पादनको ठूलो भण्डार रहेको उल्लेख गर्दै उनले तमोर जलाशययुक्त आयोजना निर्माणमार्फत पूर्वी पहाडी क्षेत्रको मुहार फेर्न सकिने धारणा राखेका छन् ।

उनले विद्युत् उत्पादन बढाएर स्वदेशमा उद्योग स्थापना तथा सञ्चालन र कृषि क्षेत्रमा विद्युत्को अधिकतम उपयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

अध्यक्ष घिसिङले भने, “विद्युत् उत्पादन बढाइ स्वदेशमा उद्योग सञ्चालन र कृषि क्षेत्रमा व्यापक प्रयोग गर्ने वातावरण बनाउनुपर्छ। मेरै योजनामा लोडसेडिङ अन्त्य गर्ने र जलविद्युत् आयोजनामा स्थानीयवासीलाई शेयर दिने व्यवस्था गरिएको थियो, अब त्यसलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्छौँ।”

उनले कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण र उत्पादन संरक्षणमार्फत कृषिमा रोजगारी वृद्धि गर्ने स्पष्ट योजना आफ्नो दलको घोषणापत्रमा समेटिएको पनि बताए।

कार्यक्रममा पार्टीका उम्मेदवार डा. महेन्द्र लावती, टेकबहादुर सुब्बालगायतले पनि सम्बोधन गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट