Techie IT
२०८३ असार ७, आइतबार

म्याग्दीमा महावीर पुनको सुरुवाती अग्रता, प्रमुख दलहरू पछाडि


म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले सुरुवाती मतगणनामा अग्रता कायम गरेका छन्। प्रारम्भिक मतपरिणामअनुसार त्रिभुज चुनाव चिह्न लिएर चुनाव लडेका पुनले १,१२४ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६८८ मत ल्याएका छन् भने नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले ६६९ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले ४८१ मत पाएका छन्।

सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेदवार पुनले प्रमुख दलका उम्मेदवारलाई पछि पार्दै अग्रता कायम गरेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट