Techie IT
२०८३ असोज १४, बुधबार

नारीको सम्मानमै समुन्नत समाजको आधार हो : बालेन शाह


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरूमा शुभकामना व्यक्त गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले समुन्नत समाज निर्माणको मुख्य आधार नै नारीको सम्मान, समानता र सशक्तीकरण भएको उल्लेख गरेका छन्।

शाहले नारीको महत्त्व झल्काउने संस्कृत श्लोक उद्धृत गर्दै समाजमा नारीको सम्मान अपरिहार्य रहेको बताएका छन्।

उनले लेखेका छन्:

“यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः॥

नारी जननी, अभिभावक अनि साथी हुन्। समुन्नत समाज निर्माणको जग नारीको सम्मान, समानता र सशक्तीकरणमा उभिएको हुन्छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरूको अधिकार, आत्मसम्मान र उज्ज्वल भविष्यको कामना गर्दछु।”

शाहको सन्देशले नारीको भूमिका र सम्मानलाई समाज विकासको प्रमुख आधारका रूपमा प्रस्तुत गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट