Techie IT
२०८३ असार ७, आइतबार

विदाइको संकेत? अर्थमन्त्री रामेश्वर खनालले फिर्ता गरे रातो पासपोर्ट


अर्थमन्त्री डा. रामेश्वर खनाल

अर्थमन्त्री रामेश्वर खनालले आफूलाई उपलब्ध गराइएको कूटनीतिक (रातो) पासपोर्ट फिर्ता गरेका छन्।

मंगलबार अर्थमन्त्री खनालले उक्त पासपोर्ट प्रयोजन सकिएको उल्लेख गर्दै फिर्ताका लागि प्रशासन महाशाखामा बुझाएका हुन्।

उनले लेखेको पत्रमा भनिएको छ, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु हुन राहदानी यसैसाथ संलग्न राखी अनुरोध गरेको छु।’

खनालले पत्रमा आफूहरू विदाइको चरणमा रहेको पनि उल्लेख गरेका छन्। यससँगै सरकार परिवर्तन वा मन्त्रिपरिषद् पुनर्गठनको संकेतका रूपमा पनि यसलाई हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट