Techie IT
२०८२ फागुन २६, मंगलबार

चैत पहिलो साताभित्र प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाइने


निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई चैत पहिलो साताभित्र बुझाउने तयारी गरेको छ। प्रतिवेदनमा प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फ सांसद जित्ने दल र व्यक्ति दुवैको विवरण समेटिनेछ।

प्रत्यक्ष प्रणालीतर्फ १६५ सिटको मत परिणाम आइसकेको छ। प्राप्त नतिजा अनुसार:

राष्ट्रिय स्वतन्त्र पार्टी – १२५ सिट

नेपाली कांग्रेस – १८ सिट

नेकपा एमाले – ९ सिट

नेपाली कम्युनिस्ट पार्टी – ८ सिट

श्रम संस्कृति पार्टी – ३ सिट

राष्ट्रिय प्रजातन्त्र पार्टी – १ सिट

स्वतन्त्र उम्मेदवार (महावीर पुन) – १ सिट

समानुपातिक प्रणालीतर्फको मत गणना मंगलबार साँझसम्म सक्ने तयारी आयोगले गरेको छ। यस प्रणालीमा १ करोड ७७ लाख ७११ मत खसेका थिए, जसमा समाचार तयार पार्दासम्म १ करोड ५ लाख हाराहारी मत गणना भइसकेको छ।

मत गणना सकिएपछि बुधबार (फागुन २७) राजनीतिक दलहरूलाई आफ्नो भागमा परेको समानुपातिक सांसदहरूको सूची पठाउने आयोगको तयारी छ। प्रतिनिधि सभा निर्वाचनसम्बन्धी कानुन अनुसार दलहरूलाई सूची प्राप्त भएदेखि ३ दिन भित्र प्रतिक्रिया दिनुपर्ने व्यवस्था छ। यस अनुसार दलहरूले चैत १ गतेसम्म आयोगलाई आफ्नो सूची बुझाउनेछन्।

आयोगले सूचीमा त्रुटि भए/नभएको अध्ययन गर्नेछ। त्रुटि पाइएको खण्डमा दलहरूलाई २ दिन भित्र सच्याएर पठाउन पत्राचार गरिनेछ।

सही सूची प्राप्त भएपछि आयोगले छिटोमा चैत ३ गते र ढिलोमा चैत ५ गतेसम्म समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने तयारीमा छ।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले भने, “चैत पहिलो साताभित्र राष्ट्रपतिज्यूलाई प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन बुझाउने आयोगको तयारी छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट