रास्वपा अभिमुखीकरणको उद्घाटनमा रवि र बालेन अनुपस्थित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) अनुपस्थित रहने भएका छन्।
रास्वपाले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सभापति लामिछानेले दोस्रो दिनको समापन सत्रमा सम्बोधन गर्ने उल्लेख गरिएको छ। तर, वरिष्ठ नेता शाहको औपचारिक भूमिकाबारे कार्यतालिकामा कुनै विवरण दिइएको छैन।
यद्यपि, शाह उद्घाटनपछिको सत्रमा सहभागी हुने बताइएको छ। उद्घाटन सत्र भने उपसभापति स्वर्णिम वाग्लेले सुरु गर्ने तयारी गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस