Techie IT
२०८२ चैत्र ४, बुधबार

रास्वपाको अभिमखिकरणमा जालान् त बालेन आज ?


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ आफ्नो नेतृत्वमा सरकार गठनका लागि तीव्र गृहकार्यमा जुटेका छन्।

निकट स्रोतका अनुसार मन्त्रिपरिषद् गठनका विषयमा उनी आन्तरिक छलफलमा व्यस्तता र सम्भावित मन्त्रीहरूको छनोटबारे गहन तयारी भइरहेको छ। बालेन नेतृत्वमा रास्वपाले सुदृढ सरकार बनाउने लक्ष्य राख्दै सरकारको आकार सानो राख्ने तथा विज्ञताका आधारमा मन्त्री नियुक्त गर्ने रणनीति अघि बढाएको बताइएको छ।

हप्ता–दस दिनभित्रै नयाँ सरकार गठन गर्ने तयारी भइरहेको जनाइएको छ।

यही व्यस्तताका कारण बालेन रास्वपाले आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रममा सहभागी हुन नसकेको स्रोतले जनाएको छ। आज कार्यक्रमको समापन हुँदैछ। हिजो उद्घाटन सत्रमा सभापति रवि लामिछाने र बालेन दुवै अनुपस्थित थिए भने आज लामिछानेले समापन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

लामिछाने पूर्ण रूपमा स्वस्थ भइसकेका छैनन्।

स्रोतका अनुसार बालेन आज पनि अभिमुखीकरण कार्यक्रममा सहभागी हुने सम्भावना न्यून छ। सरकार गठनबारे बालेनले सभापति रवि लामिछानेसँग प्रारम्भिक छलफल गरिसकेको र आफ्नो टीमसँग नियमित परामर्श जारी राखेको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट