Techie IT
२०८३ असार ६, शनिबार

कार्की सरकारकै पहलमा संघीय संसद्को पहिलो अधिवेशन चैत १६ मा बस्दै


फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठन भएको संघीय संसद्को पहिलो अधिवेशन वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आह्वान गर्ने भएको छ। अधिवेशन आह्वानका लागि कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएकी छन्।

सरकारका एक मन्त्रीका अनुसार संघीय संसद्को अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद् बैठक डाकिएको हो। “संसद् अधिवेशन नयाँ सरकारले आह्वान गर्नुपर्ने भए पनि चैत १६ गते नै अधिवेशन बस्नुपर्ने दलहरूको अडान छ,” ती मन्त्रीले भने, “नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गतेका लागि तय भइसकेको छ। अधिवेशन आह्वान गर्दा कम्तीमा ७ दिनको समय दिनुपर्ने कानुनी प्रावधान भएकाले अन्तरिम सरकार नै अघि बढ्न बाध्य भएको हो।”

उनका अनुसार चैत १६ गतेका लागि पहिलो अधिवेशन आह्वान गरिने तयारी गरिएको छ।

यसअघि अधिवेशन अन्तरिम सरकारले बोलाउने कि नयाँ सरकारले भन्ने विषयमा अन्योल रहेको थियो। तर अब चैत १६ कै मितिमा अधिवेशन बस्ने गरी तयारी अघि बढाइएको छ। सरकारका तर्फबाट अनौपचारिक रूपमा सोही मितिका लागि तयारी गर्न भन्दै संघीय संसद् सचिवालयलाई समेत जानकारी गराइसकिएको एक पदाधिकारीले बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट